News Desk
काठमाडौं । गायक बिनोद ढकाल ‘कथा’ बोलको गीत लिएर दर्शक एवम् स्रोता माझ प्रस्तुत हुन लागेका छन् । ‘कथा’ का गीतकार समेत रहेका गायक ढकालले संगित समेत स्वयंले भरेका छन् भने गायिका अस्मिता अधिकारीसँगै स्वर समेत दिएका छन् । कथा अन्धो केटा र आर्मी केटी बीचको प्रेममा आधारित छ । जुन नौलो र फरक स्वादको रहेको गायक ढकालको दाबी छ ।
त्यसो त उक्त गीतको म्युजिक भिडियो समेत तयार पारिदैछ । जसमा आर्यन सिग्देल र रोजी पन्तको अभिनय देख्न सकिनेछ । जनकदिप पराजुलीको निर्देशनमा उक्त म्युजिक भिडियो तयार हुन लागेको हो । जसको छायाँकन सागर प्रधानले गरेका हुन ।
राज्यदैनिकसँग कुराकानी गर्दै ‘कथा’ लाई आम दर्शक एवम् स्रोताले मन पराउनेमा आफू आशावादी रहेको गायक, गीतकार एवम् संगितकार ढकालले बताए । गायक ढकालले थुप्रै चर्चित गीतहरु गाईसकेका छन् भने दर्जनौ गीतमा संगीत समेत भरेका छन् ।