News Desk
युएई / युएईको दुबईस्थित समुन्द्रको किनारमा अवस्थित होटल काल्टन टावरमा नेपाली समुदायको नेपाल एसोसिएसन युएईको साधारणसभा सम्पन्न भएको छ । नेपाल एसोसिएसन युएईको साधारणसभामा नेपालीहरुको उपस्थिति उल्लेख्य रहेको थियो।
नेपाल एसोसिएसनका महासचिव नरेस सेनले बिओडि कृष्ण पौडेललाई माईक्रोफोन हस्तान्तरण गरेसंगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास युएईकी श्रम काउन्सिलर निर्मला थापा सहभागी भएकी थिइन् भने दूतावासका अन्य कर्मचारीहरु पनि सहभागी भएका थिए। पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेसंगै संस्थाका महासचिव नरेस सेनले स्वागत मन्तव्य राखेका थिए । त्यसलगत्तै ईनास आवद्ध नेपाली कलाकारहरुले उत्कृस्ट स्वागत नृत्य प्रस्तुत गरेका थिए। त्यस लगत्तै ईनास युएईका नेपाली कलाकारहरु अंकुस राई, निशा लामा, सुसिला गुरुङ, संगिता परियार, मिथी आले, ईसा परियार, शान्त बस्नेत, पल श्रेष्ठ, कृष्ण खवासलगायतको प्रस्तुती उत्कृस्ट रहेको थियो।
कार्यक्रममा एसोसिएसनका गतिविधिहरुको बारेमा नवराज श्रेष्ठले प्रस्तुती राखेका थिए भने कोषाध्यक्ष विकास शाहीले आर्थिक प्रतिवेदन पेश गर्दै वाचन गरेका थिए।
उक्त कार्यक्रममा एसोसिएसनमार्फत संचालन भएका राहत वितरण एवम् उद्दारका गतिविधिहरुको बारेमा रुमा अधिकारीले प्रस्तुति राखेकी थिइन्।
मन्तव्यका क्रममा प्रमुख अतिथी निर्मला थापाले नेपाल एसोसिएसनले अप्ठ्यारोमा परेका नेपालीहरुको सहयोगमा खेलेको भुमिका अविस्मरणीय रहेको बताइन्। उनले युएईमा नेपाली समुदायबीच भएको मेलमिलाप र भाइचारको प्रसंसा समेत गरेकी थिइन्।
एसोसिएसनको आगामी नेतृत्वका लागि परेको नोमिनेसनहरु र नयाँ नेतृत्व छनौटको विधिबारे बिओडी राम तामाङले जानकारी गराएका थिए।उनले आकांक्षीहरुको नामावली सार्वजनिक गर्दै अन्तिम निर्णय सिडिएबाट आउने जानकारी दिएका थिए।
कार्यक्रममा एसोसिएसनका स्वयंसेवक , सहयोगी एवम् दुबई र अबुधाबी च्याप्टरमा रहेका सदस्यहरुलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो। यसैगरी एसोसिएसनको लोगो निर्माण प्रतियोगिताका विजयी दिनेश सुवेदीलाई पुरस्कार प्रदान गरिएको थियो।
उक्त कार्यक्रमका सभापति रमेश श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सँस्थाले पहिला गरेका गतिबीधी आगामी दिनमा गर्ने कार्यका बारेमा जानकारी गराएका थिए ।