५ करोड लगानीमा महाराजगन्जमा एसआई फिट्नेस ब्यायामशाला संचालनमा आउँदै
News Desk
Mar-16 , 2022 तारिख 03:51 बेलुका

 काठमाडौं । राजधानी स्थित महाराजगन्ज चक्रपथमा महाराजगन्जमा एसआई फिट्नेस ब्यायामशाला संचालनमा आउने भएको छ । सुमो इन्भेस्टमेन्ट ग्रुपको पहलमा फिट्नेस ब्यायामशाला स्थापना गर्ने लागिएको हो । सोका लागि आज एक समारोहका माझ सुमो इन्भेस्टमेन्ट ग्रुपका अध्यक्ष ज्ञान बहादुर लामाले उद्यमी विजय लामासँग संयुक्त लगानीको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कुल ५करोड लगानीमा निर्माण गर्न लागिएको हो ।

परियोजनामा आधुनिक फिटनेसका प्रबिधियुक्त भौतिक संरचना साथै अत्याधुनिक उपकरण सहित निर्माण गर्ने गरि सम्झौता भएको लगानी ग्रुपले जनाकारी गराएको छ। जिम,कार्डियोजुम्बा,योगा, ज्याकुजी लगायतका सेवा सहित एसआई फिटनेस सेन्टर संचालनमा ल्याउन लागेको अध्यक्ष ज्ञान बहादुर लामाले बताए। यस अघि बौद्धमा एसआई फिटनेश संचालनमा ल्याईसकेको उनले जानकारी गराए। ब्याबसायिक सोचले स्थापना गर्न लागेको ब्यायामशालामा मुलतःउधोगी, सेलेब्रेटी, कुटनैतिक प्रतिनिधि र नेता लगाएतालाई लक्षित गरिएको अध्यक्ष लामाले बताए।

सोही अवसरमा आगामी दिनमा ब्यायामलाई गुणस्तरीय र आधुनिकता बनाउन राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यवसायिक संस्थाहरुसँग साझेदार गर्दै लैजाने सोच रहेको अध्यक्ष लामाले जनाए । अर्का साझेदार विजय लामाले स्वास्थ्य जस्तो मह्त्वपुर्ण बिषयमा व्यवसायिक मात्र नभई सेवा दिने उदेश्य सहित व्यायामशाला संचालनमा ल्याउन लागेको बताए। उनले सम्झौता पस्चातको ३महिना निर्माण अवधि रहने र आगामी असार महिनाको पहिलो हप्तादेखि व्यवसाय संचालनमा आउने जानकारी दिए ।