खाँडादेवी फूडल्याण्डको होली विशेष कार्यक्रम सम्पन्न
News Desk
Mar-17 , 2022 तारिख 07:01 बेलुका

 


काठमाडौं । राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डले रंगहरुको पर्वको रुपमा लिईने सांस्कृतिक चाँड फागुपूर्णिमाको अवसरमा गरेको होली विशेष कार्यक्रम सम्पन्न भएको छ ।

 

खाँडादेवी फूडल्याण्डमा सम्पन्न भएको उक्त कार्यक्रममा ख्याति प्राप्त कलाकार,उद्योगि,ब्यापारी,पत्रकार लगायत करिब ५०० जना स्थानियहरुको उपस्थिति थियो ।

 

पिर्ति आले,दिनेश थापा,सरोज लामिछाने र सिमा भण्डारी लगायतका कलाकारहरुले दमदार गीत प्रस्तुत गरेका थिए भने बिच बिचमा नृत्यहरु प्रस्तुत गरिएको थियो ।कार्यक्रममा रङ अनि खानाका बिबिध परिकारहरु लोकल खसी,लोकल खुखुरा,बदेल,टर्कीको लाइभ बारबेक्‍यू,विभिन्न थरीका हरियो मस्म नूडलस नेपाली,चाइनिज,कन्टिनेन्टल मासुको उत्कृष्ट,आकर्षण परिकारको स्टल एवं प्रदर्शनी तथा पाहुनाको अर्डर अनुसार खानाको परिकार समेत उपलब्ध थियो।

 

नेपाली मौलिक कला सस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका संचालक तथा एजुकेटिभ सेफ गोपी थापाले बताए ।