News Desk
चितवन – नेपाल होस्टेल एशोसियसन चितवनको सहसचिवमा महेश लामिछाने निर्वाचित भएका छन् । एशोसियसनको सातौँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । एशोसियसनको अध्यक्षमा कृष्ण अधिकारी, उपाध्यक्षमा कुसुम गिरी, सचिवमा प्रवेश गौतम, कोषाध्यक्षमा पुनम जिसी र सहसचिवमा महेश लामिछाने चयन भएका छन् । यस्तै सदस्यहरुमा दावा छिरिङ तामाङ, शम्भुप्रसाद शाह, प्रदिप खाती, लक्ष्मी भुषाल सुजनबाबु भट्ट र हिरादेवी ढकाल रहेका छन् ।