एमालेको पोलिटब्युरो बैठक बस्दै
News Desk
Mar-21 , 2022 तारिख 10:59 बिहान

काठमाडौँ — ०७  चैत्र २०७८   

काठमाडौँ , स्थानीय चुनावको योजना निर्माण गर्नका लागि नेकपा एमाले पोलिटब्युरोको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट बैठक सुरु हुँदैछ । बैठकमा वैशाख ३० गते हुने स्थानीय तह चुनावको उम्मेदवारको मापदण्ड तथा घोषणापत्र निर्माणसहितको विषयमा निर्णय गर्ने प्रचार विभागका उप–प्रमुख विष्णु रिजालले बताए ।

‘पोलिटब्युरो लगत्तै बुधबारबाट केन्द्रीय कमिटी र चैत १३मा स्थायी कमिटीको बैठक बस्नेछ,’ रिजालले भने, ‘स्थानीय चुनावको तयारीसहितका विषयमा बैठक हुन लागेको हो । बैठकले चुनावको घोषणापत्र र उम्मेदवारको मापदण्डसहितको विषयमा निर्णय लिन्छ ।’ 

( कान्तिपुर दैनिक )