News Desk
काठमाडौँ — ०७ चैत्र २०७८
काठमाडौँ, गैर आवासिय नेपाली संघ एनआरएनएको संस्थापन पक्षले आव्हान गरेको निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्नका लागि पाटन उच्च अदालतले ९ चैत्र सम्मका लागी अन्तरिम आदेश जारी गरेको छ । ९ चैत्र दुबै पक्षलाई आ आफ्नो प्रमाणहरु सहित छलफलका लागी अदालतले बोलाएको छ ।
बहसमा सहभागी अधिवक्ता नारायण कँडेलका अनुसार पाटन उच्च अदालतद्वारा एनआरएनएको पन्त समुहले विवादास्पद प्रतिनिधी सहित एक पक्षिय रुपमा गर्न लागेको विबादास्पद निर्वाचन प्रकृया तत्कालका लागि रोक्न अदालतले अन्तरिम आदेश जारी गरेको हो ।छलफलका लागि दुबै पक्षहरुलाई बुधवार झिकाईने भएको छ ।