नेपाल चेम्वर अफ कमर्स र बिरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिति सदस्य बीच अन्तरक्रिया
News Desk
Mar-21 , 2022 तारिख 09:17 बेलुका


 
 काठमाडौं ।  नेपाल चेम्वर अफ कमर्स र बिरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरु बीच अन्तरक्रिया भएको छ ।  चेम्वर भवनमा आयोजित सो अन्तर्कृयाका क्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा देखिएको शिथिलता र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको सन्दर्भमा उल्लेख गर्दै  क्रम समस्त  निजी क्षेत्र साझा अवधारणा लिएर अगाडी वढनु पर्ने र कृषिलाइ निजी क्षेत्रले उद्यमको रुपमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले वीरगंज उद्योग वाणिज्य संघ पनि नेपाल चेम्बर अफ कमर्स जस्तै पुरानो संस्था  भएको बताउदै ब्यावसायीका हक हितका बिषयमा ऐक्यबद्ध भई लाग्नु पर्ने खाँचो रहेको औंल्याए । ‘देशको बिग्रदो अर्थतन्त्रलाइ सुधार्न सामयीक सुधारका सुझाव सहित  बिरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु यहाँसम्म आउनु भएकोमा खुशी व्यक्त लागेको छ । बिरगंज प्रमूख औद्योगिक नगर भएकोले निर्यात गृहको अवधारणामा निर्यात प्रवद्र्धनको लागि अग्रसर हुनुपर्छ र यसमा नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तयार छ’ उनले भने ।  वढदो व्यापार घाटालाइ पूर्ति गर्न कृषिको उत्पादकत्वमा जोड दिनु पर्ने र यसको लागि कृषि क्षेत्रको व्यावसायीकरण तथा उत्पादकत्वमा वृद्धि गर्न जिल्ला स्थित उद्योग वाणिज्य संघको  पनि भूमिका महत्वपूर्ण रहेको उनले बताए । 

बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले व्यावसायीहरु जुनसुकै क्षेत्रका भएता पनि  चुनौतिहरु साझा रहेको बताए । अध्यक्ष गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले ब्यावसायीहरु मारमा परेका उल्लेख गर्दै मजदुरहरुको मात्र भलाई हेरिदा ब्यवसाय बन्द हुने अवस्थामा पुगेको उल्लेख गरे ।  
‘भिटीसिएस प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन र यसले साना ब्यावसायी मारमा परेका छन । नेपालको पारवहनको लागि भारतका सवै बन्दरगाहहरुबाट नेपालमा माल सामान ल्याउन खुला हुन आवश्यक रहेको छ’ उनले भने ।  पर्यटन क्षेत्रमा भारतीय पर्यटकको ठुलो योगदान रहेको तर भारतीय पर्यटकहरु नेपाल आउँदा भारु २५,०००। मात्र बोक्न पाउने, भारतीय ठुला नोटहरु नचल्ने, डेविट क्रेडिट कार्ड भर पर्दो नरहेको कारणले  आगमन वृद्धि गर्न असहज रहेको बताए उनले उल्लेख गरे ।
 
सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा बिरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल उपाध्यक्ष हरी गौतम , महासचिव मनोज कुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द गोयल लगायतको उपस्थिति रहेको थियो ।