देश विकासको सहयोगी परियोजना हो एमसीसी : प्रधानमन्त्री देउवा
News Desk
Mar-22 , 2022 तारिख 10:44 बिहान

खोटाङ —  ०८ चैत्र २०७८    

खोटाङ , खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले एमसीसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) देश विकासको सहयोगी परियोजना भएको बताएका छन् । एमसीसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताएका थिए ।

'केही व्यक्तिहरु एमसीसी परियोजनालाई लिएर गलत व्याख्या गरिरहेका छन्', उनले भने, 'एमसीसी परियोजनाले नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउने भएकाले संसद्बाट पारित गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइएको हो ।' यस क्रममा प्रधानमन्त्री देउवाले खोटाङ जिल्ला कृषि उत्पादनका लागि उर्वरभूमि भएकाले व्यावसायिक कृषि तथा कृषि पर्यटन विकासमा जोड दिन जिल्लावासीलाई आग्रह गरेका थिए । जिल्लामा उत्पादित कृषि उत्पादनलाई बाहिरी जिल्लामा निर्यात गरेर आर्थिक उपार्जन गर्न सकिने भएकाले स्थानीय सरकारले यसतर्फ ध्यान दिन जरुरी भएको उनको भनाइ थियो ।