News Desk
सिन्धुली — ०८ चैत्र २०७८
सिन्धुली, सिन्धुलीमा मोटरसाइकल दुर्घटना परी सोमबार एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका २ गागनमा मोटरसाइकल दुर्घटनामा मोरङ जिल्ला साविक इटहरा गाविस २ का अभिषेक भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिमानबाट डकाहातर्फ जाँदै गरेको प्र १– ०२–०४४ प ५००९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी निरीक्षक वुद्धिमणि नेपालले जानकारी दिए ।