सनक स्वभाव र मनोवैज्ञानिक कारण
News Desk
Mar-23 , 2022 तारिख 07:38 बिहान

सनक स्वभाव र मनोवैज्ञानिक कारण

-डिएन घिसिङ 

रिसको उग्ररूप सनक हो।मानिसै बिच्छे आ-आफ्नो स्वभाव र गुणहरु फरक हुने गर्दछ।मनको एकोहोरो ताना वा भावनामा ठेस पुग्ने काम कोहि कसैले गरेमा तीव्रता रुपले सिर्जित हुने स्वाभाव सनकको परिभाषामा भित्र पर्दछ।हठात मनस्थितिको उपजको रुपमा समेत सनक स्वभावलाई लिने गरिन्छ।
            
व्यवहारमा सामन्यतया आफूलाई अरूभन्दा अलग साथै विशेष प्रतिभाका रूपमा प्रस्तुत गर्ने मनोवैज्ञानिक होड पनि हो सनक।कुनैपनी परिस्थितिमा लाभ तथा हानीको बिश्लेषण  नगरीकन अहम सिर्जना हुँदा प्रस्फुटन हुने तनावग्रस्त अभिव्यक्ति पनि हो।

मानिसको आनुवांशिक गुण,पारिवारिक वातावरण,आहार बिहार स्वास्थ्य अवस्था ,अनुभव जस्ता विशेषताले सनक मनोविज्ञानलाई प्रभाव पारेको अन्तर्राष्ट्रिय सोधहरुले पुष्टि गरेका छन् । सोधहरुमा सनक बारे उल्लेख भए अनुसार भावनात्मक वा आवेगपूर्ण आक्रामकतालाई बुझाउने तर्कलाई प्राथमिकता दिएको छ।

आक्रामकता र सनक पर्यावाची शब्द हो ।जुन दैनिक रुपमा हरेक दिन  व्यवहारमा प्रयोग भएको पाइन्छ।कुनै गतिविधिबाट मानिसहरू आक्रामक हुन्छन् ।  चिच्याउनु वा एकअर्कालाई हिर्काउनु सनककै उपज हो ।  आकस्मिक क्रियाकलापहरु  वा निराशको अवस्थामा आफ्नो स्वभिमान प्रतिरक्षाका लागि सनक देखिने गर्दछ।
                    
स्वभावतःसमाजमा आफूलाई कुनै पनि विषयको केन्द्रबिन्दुमा राख्न रुचि हुनेका लागि लहडले मुख्य भूमिका खेलेको हुन्छ।जसका कारण व्यक्तित्वलाई फरक रुपमा चित्रण गरिएको हुन्छ।सामाजिक अवस्थामा  मनोवैज्ञानिकहरूले आक्रामकतालाई व्यवहारको रूपमा परिभाषित गरेका छन ।  जसमा अर्को व्यक्तिलाई हानि पुऱ्याउन चाहँदैनन् भन्ने भनाइलाई मनोबैज्ञानिकहरुले आफ्नो तरिकाले ब्याख्या एवम्      प्रस्तुत पनि गरेका छन् ।  तर विशेष गतिविधि वा वस्तुका लागी एक उत्साह अचानक देखा पर्दछ साथै व्यापक तर अल्पकालीन लोकप्रियताका क्रियाकलापमा सनक देखा पर्ने कुरामा भने मनोबैज्ञानिकहरु एक मत रहेका छन्।
                    
अमेरिकाबाट प्रकाशित भेरी वैल माइन्ड जर्नलमा लेखिका केन्द्र चेरिस  लेख्छिन मनोविज्ञानमा, "आक्रामकता" शब्दले व्यवहारको दायरालाई बुझाउँछ जुन दुवै शारीरिक र मनोवैज्ञानिक हानि आफैलाई, अरूलाई, वा वातावरणमा वस्तुहरूलाई हुन सक्छ। आक्रामकताले अर्को व्यक्तिलाई शारीरिक वा मानसिक रूपमा चोट पुर्याउँछ। जब हामी सबैले अवसरमा आक्रामक महसुस गर्न सक्छौं, जब आक्रामकता व्यापक वा चरम हुन्छ, यो अन्तर्निहित मानसिक स्वास्थ्य अवस्था, पदार्थको प्रयोग विकार, वा अन्य चिकित्सा समस्याको संकेतका रूपमा उनले ब्याख्या गरेकी छिन् ।               
      
सनक अर्थात आक्रामकता अवस्था बारे लेखिका चेरीसलेआफ्नो उद्धरणमा अगाडि लेख्छिन् ‘आक्रामकताले विभिन्न उद्देश्यहरू पूरा गर्न सक्छ, जसमा: क्रोध वा शत्रुता व्यक्त गर्दै वर्चस्व कायम गर्दै डराउने वा धम्की दिने लक्ष्य हासिल गर्दै कब्जा व्यक्त गर्दै डरको जवाफ स्वरुप  प्रतिक्रिया अरुसँग प्रतिस्पर्धा गर्ने होडबाजी पनि पूर्व संकेतका रुपमा रहन्छ’ उनले  मनोवैज्ञानिक आधारबाट आक्रामकतालाई दुई मुख्य प्रकारमा विभाजन गरेर ब्याख्या गरेकी छन् ।’लक्ष्यमुखी आक्रामकता र आवेगपूर्ण आक्रामकता तिनीहरूलाई अनुभव गर्नेहरूलाई हानि पुर्‍याउँछ’ उनले प्रकाश पारेकी छन् ।                                                         
      

लेखिका चेरिसले आफ्नो सोधलाई पुष्टि गर्दै अगाडि लेखेकी छन् । आवेगपूर्ण आक्रामकता प्रभावकारी वा प्रतिक्रियात्मक आक्रामकताको रूपमा पनि चिनिन्छ । आवेगपूर्ण आक्रामकता बलियो भावनाहरूद्वारा निर्देशित रहन्छ ।  आवेगपूर्ण आक्रामकता, विशेष गरी जब यो क्रोधको कारणले हुन्छ, मस्तिष्कमा तीव्र खतरा प्रतिक्रिया गर्दछ ।  
आवेगपूर्ण अवस्थामा हिंस्रक आक्रामकताको रूपमा पनि चिनिन्छ .,तत्काल घटना वा परिघटनालाई प्रतिरोध गर्न आक्रामकता व्यवहारहरूद्वारा देखाउने तथ्य उनले उजागर गरेकी छन् ।                                                 
     
सनकका भरमा लिने निर्णय वा गर्ने गतिविधिले अधिकांश परिणाम बाहेक हानी नै हुन्छ।निर्णय सनकी हुँदा प्राप्त गरेका उपलब्धि समेत गुम्ने खतरा हुन्छ।यस अर्थ सनक विवेकहिनता र अधैर्यता पनि हो।सामाजिक गतिविधिमा सरिक हुँदा आफुले सनक व्यवहारलाई  नियन्त्रणमा लिन सकेमा मात्रै लक्ष्यमा पुग्ने कुरामा दुई मत रहदैन।