लुम्बिनी प्रदेशमा ११ वटा दुध ढुवानी सवारी साधनलाई लोगो वितरण
News Desk
Mar-25 , 2022 तारिख 07:23 बिहान


रुपन्देही, बुटवल, २०७८ चैत १० गते । लुम्बिनी प्रदेशमा दुध ढुवानी सवारी साधनलाई लोगो वितरण गरिएको छ ।  लोगो ) प्रदान गरियो ।डिडिसी लुम्बिनी आयोजना, बुटवल, र महाबलेश्वर डेरी एण्ड बेभरेज इन्डस्ट्री, बुटवलका ११ वटा साधनलाई लुम्बिनी प्रदेशका कृषी, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव  बैकुण्ठ अधिकारीले उक्त लोगो हस्ताण्तरण गरेका हुन ।  

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सचिव अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै लोगो लगाउँदा ढुवानीमा सहजता हुनुको साथै गुणस्तरमा पनि सुधार हुने कुरामा विश्वास रहेको बताउँदै अब मन्त्रालयले पनि यो कुरामा सरोकारवालाहरुलाई बेला बेला सजग गराउने बताए । 
 
कार्यक्रमका सभापति एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादबले लोगो भनेको राष्ट्रिय दुग्ध विकास बोर्डको मात्र नभएर सबै सरोकारवालाहरुको सफलता रहेको उल्लेख गर्दै यसलाई आफ्नो सम्झेर प्रयोगमा लाग्न सरोकारवालाहरुलाई आग्रह गरे ।  राष्ट्रिय दुग्ध विकास बोर्ड सधैं किसान, उद्योग र समग्र दुग्ध क्षेत्रको विकासमा लाग्ने कुरा बताउँदै नो रिटर्न कार्यक्रम अगाडि बढाउन बोर्ड कटिबद्ध रहेको र त्यसमा सबैले सहयोग गर्नुपर्ने खाँचो औल्याए । बोर्डले राष्ट्रिय दुग्ध निति पास गरिसकेको र अब चाँडै कार्यविधि बनाई सरोकारवालाहरुलाई समेटेर अगाडि बढ्ने कुरा समेत उनले राखे । 

कार्यक्रमका विशेष अतिथि देवदहका मेयर हिरा के.सिले आफू पनि लामो समयसम्म दुग्ध व्यवसायका रहेको र आफू मेयर हुँदा पनि दुग्ध क्षेत्रको विकासमा लागिपरेको बताउँदै लोगो अनावरण गरि यसरी वितरण गरेको देख्दा अत्यन्तै खुशी लागेको र यो सबैको सम्मान भएको जनाए । 

लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख योगेन्द्र सिंह थापाले यसरी दुध ढुवानी सवारी साधनमा लोगो प्रयोग गर्ने काम सार्है राम्रो भएको र यसमा अझ प्रहरीलाई समितिमै राखेर लान सके झन् प्रभावकारी हुने उल्लेख गरे  । 

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बोर्डले अत्यन्तै राम्रो काम गरेको र उद्योग संघले चाडै सबै उद्योगमा लोगो लगाउने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा पनि बोर्डले यस्तै खालका सकारात्मक कदम चाल्ने कुरामा आशाबादी रहेको बताए । 

नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहलले आफू आबद्ध एसोसिएसनले निकै पहिले उठाएको विषय आज प्राप्त हुँदा अत्यन्तै खुशी लागेको बताउँदै सबै डेरी उद्योगका गाडीहरूमा अनिवार्य लोगो प्रयोग गर्न अनुरोध गरे । 

मन्तव्य राख्ने क्रममा सिडिक्यानका सदस्य हरि प्रसाद काफ्लेले लोगोको महत्व बुझी सहि उपयोग गर्न सके यसले दुग्ध क्षेत्रको विकासमा टेवा पुर्याउने बताए ।

बोर्डका प्रशासनिक प्रमुख बिदुर राईले लोगो बारे कार्यपत्र प्रस्तुत गर्दै सबै डेरी उद्योगमा चल्ने गाडीमा लोगो लगाउन अनुरोध गरेका थिए ।