ग्लोबल कलेज इन्टरनेशनलले गर्‍यो जिसिई - ए लेभलका विद्यार्थीको बिदाई
News Desk
Mar-27 , 2022 तारिख 08:51 बिहान

 

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले जिसिई - ए लेभलका विद्यार्थीको बिदाई  गरेको छ ।  कलेजले जिसिई - ए लेभलका विद्यार्थीहरुको ‘फेयरवेल’ कार्यक्रम राखी उनीहरुलाई बिदाई  गरेको हो ।  कार्यक्रम माझ ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीहरुले विविध चेतनामुलक, मनोरन्जनात्मक र सांस्कृतिक प्रस्तुती दिएका थिए । 

त्यसैगरि, व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजले गायिका एवम्      समाजसेवी आनी छोइङ्  डोल्मालाई ५१ हजार रुपैयाँ हस्ताण्तरण गरेको छ ।  सो अवसरमा कलेजका प्रिन्सिपल गणेश  सिंह ठगुन्नाले आनी छोईङलाई उक्त राशी बराबरको चेक हस्ताण्तरण गरेका थिए ।  सहयोग प्राप्त गरे पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै उक्त सहयोगले सामाजिक कार्यमा इट्टा थपिने धारणा व्यक्त गर्दै यसबाट थप प्रेरणा मिलेको आनीले बताईन् ।