बीआरआईअन्तर्गतका परियोजना छिटो अघि बढाउन ओलीले चिनियाँ विदेशमन्त्रीलाई आग्रह गरेका छन् । 
News Desk
Mar-27 , 2022 तारिख 01:30 बेलुका

काठमाडौँ — १३ चैत्र २०७८   

काठमाडौँ , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई) अन्तर्गतका परियोजनाहरू यथाशक्य छिटो अघि बढाउन चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीसँग आग्रह गरेका छन् ।  नक्सालस्थित होटल म्यारिएटमा भएको भेटमा अध्यक्ष ओलीले परियोजनाहरुलाई चाँडो अघि बढाउन आवश्यक रहेको बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताए ।

‘दुई पक्षीय मामिलाका सबै विषयमा कुराकानी भए । नेपाल र चीनबीच समझदारीको विषयमाथि छलफल भए‚’ एमाले विदेश विभागका प्रमुख भट्टराईले भने, ‘बीआरआईअन्तर्गतका योजनाहरू अघि बढाउन र गति दिनका लागि हाम्रो जोड रह्यो ।’