नवलपरासीस्थित मध्यविन्दु नगरपालिका वडा नंं ७ चोरमारा बजारमा नेपाल बैंकको २१३ औं शाखा संचालनमा आएको छ ।
News Desk
Mar-27 , 2022 तारिख 01:36 बेलुका

काठमाडौँ — १३ चैत्र २०७८  

काठमाडौँ , नवलपरासी (बर्दघाट सुस्ता पूर्व)स्थित मध्यविन्दु नगरपालिका वडा नंं ७ चोरमारा बजारमा नेपाल बैंकको २१३ औं शाखा संचालनमा आएको छ । शुक्रबार अर्थ सचिव एवम् नेपाल बैंक संचालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाद्वारा शाखाको संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।

सो अवसरमा मरासिनीले बैंकको शाखा स्थापना हुनु स्थानीयस्तरमा आर्थिक विकासको ढोका खुल्नु भएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मध्यविन्दु नगरपालिकाभित्र आर्थिक विकासको सम्भावना भएकाले बैंकको शाखा स्थापना भएको बताए । देशभर बैंकका २१३ शाखाहरु, १४७ एटीएम, ४९ वटा एक्टेन्सन काउन्टर संचालनमा छन् । करिब २० लाख ग्राहकलाई सेवा दिइरहेको बैंकले जनाएको छ ।