News Desk
काठमाडौँ — १३ चैत्र २०७८
काठमाडौँ , नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडा गाउँमा डम्फू पार्क बन्ने भएको छ । तामाङ समुदायको परम्परागत संस्कृति झल्काउने अन्तर्राष्ट्रिय डम्फू पार्कको शनिबार शिलान्यास गरिएको नमुना तामाङ गाउँ डम्फू पार्क उपभोक्ता समितिले जनाएको छ ।
नागार्जुन नगरपालिकाको आर्थिक सहयोगमा बन्ने उक्त पार्कको नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले शिलान्यास गरेका हुन् ।