‘बानी पर्यो सुरामा’ भन्दै आए गायक बिनोद बानियाँ गायक बिनोद बानियाँको ‘बानी पर्यो सुरामा’ भन्ने गितको भिडियो सार्वजनिक
News Desk
Mar-28 , 2022 तारिख 11:59 बिहान

पोखरा– १४ चैत्र २०७८   

पोखरा, सुमधुर स्वरका धनी गायक बिनोद बानियाँ आफ्नो नयाँ गीत ‘बानी पर्यो सुरामा’ मार्फत दर्शक तथा स्रोतामाझ ल्याएका छन् ।गीत सार्वजनिक गर्दै गायक बानियाँले यसको सफलताप्रति आशावदी रहेको धारणा व्यक्त गरे । गीतलाई गायक बानियाँले नै संगीतबद्ध गरेका छन् ।उक्त गीतको म्युजिक भिडियोमा अभिनय गरेका भीष्म रानाले आफुले गायक बिनोद बानियाँसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

उक्त गीतको म्युजिक भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका छन् । गीतको रचना उदीपराज ढुंगाना, छायाँकन मिलन शंकरको छ । टिकटक स्टार विना राउत र प्रदीप बास्तोलाको अभिनय रहेको गीतलाई पोखराको हेमजास्थित डिलबारीमा छायाँकन गरिएको हो । गीत विनोद बानियाँकै अफिसियल युटुब मार्फत सार्वजनिक भएको छ ।