News Desk
काठमाडौं − १४ चैत्र २०७८
काठमाडौं, नेपाली सेनाले लाेकसेवा आयाेगकाे सहमतिमा ठूलाे संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेकाे छ । सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हाे । सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ ।
त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना माग गरिएकाे छ । पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाकाे हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन् । विज्ञापनकाे पूर्ण विवरण आजकाे गाेरखापत्रमा प्रकाशित छ ।