News Desk
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा भएको भीमसेन मन्दिर पुनर्निर्माण सम्पन्न समारोह माझ मन्दिरको समुदघाटन गरेका छन् । प्रधानमन्त्री देउवाले सिलापत्र अनावरण गर्दै पुनर्निमित मन्दिरको समुदघाटन गरेका हुन । ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले अध्यक्षतामा उक्त मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको थियो । सोका लागि भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरिएको थियो ।
उक्त समुदघाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतको उपास्थिती रहेको थियो ।