फ्यान्टा एप्पल नेपाली बजारमा, उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने
News Desk
Mar-29 , 2022 तारिख 11:09 बिहान

काठमाडौँ −  १५ चैत्र २०७८

काठमाडौँ, कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा सबै भन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पल बजारमा ल्याएको छ । कम्पनीका अनुसार अब नेपाली उपभोक्ताले यो क्रिस्प स्पार्कलिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् ।

नयाँँ स्वाद सँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ, जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा भएको कम्पनीले जनाएको छ । फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।