गठबन्धन गर्ने कांग्रेस निर्णयपछि प्रचण्ड गृह जिल्ला चितवन जाँदै
News Desk
Mar-30 , 2022 तारिख 11:24 बिहान

काठमाडौं - १६ चैत्र २०७८

काठमाडौं , स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्नेछन् ।

त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् ।निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बढेको छ । चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ ।