नेपाल सिंगापुर चेम्बरमा दीपक कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन
News Desk
Mar-30 , 2022 तारिख 12:00 बेलुका

काठमाडौं- १६ चैत्र २०७८

काठमाडौं, नेपाल सिंगापुर चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टिजको अध्यक्षमा दीपक कुँबर चयन भएका छन् । उद्योगी व्यवसायीको भेलाले कुँवरको अध्यक्षमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । उक्त समितिको विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने उपाध्यक्षहरुमा अमृत प्रसाद द्वा, सञ्जयकुमार अग्रवाल र विनोद ढकाल छन् ।

यसैगरी महासचिवमा कृष्णकुमार अग्रवाल, कोषाध्यक्षमा गोविन्दप्रसाद थपलिया, सचिव द्वयमा देव आनन्द सरावगी र दिनेश बज्राचार्य रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा कमला श्रेष्ठ, गोविन्दप्रसाद घिमिरे, विजय सिंह बैद्य, मनोजकुमार अग्रवाल, स्कन्द अमात्य, दिपेश तुलाधर, आशिष श्रेष्ठ, सरेश लोहनी, तुसारधर तुलाधर, रजुल श्रेष्ठ, खेमराज पन्त, अभिषेक सारडा, सुजेन श्रेष्ठ, सुमेध शाक्य, निशान ढकाल र आरुश्री एस. खतिवडा रहेका छन् ।