एनआरएनए प्रतिनिधिमण्डल र काँग्रेस वरिष्ठ नेता पौडेलबीच भेटबार्ता, एनआरएनएका विभिन्न विषयमा सहकार्य र समन्वय गरिदिन आग्रह
News Desk
Apr-01 , 2022 तारिख 12:05 बेलुका

काठमाडौं  – १८ चैत्र २०७८  

काठमाडौं , गैरआवसीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित प्रतिनिधिमण्डलले आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संग भेटघाट गर्दै गैरआवासीय नेपाली संघको दशौँ विश्व सम्मेलनबाट उठेका विषयहरूमा सम्बोधन सहकार्य र समन्वय गरिदिनुहुन आग्रह गरेका छन् । पौडेलले गैरआवासीय नेपाली संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । एनआरएनएले पछिल्लो समय नेपालमा गरेको सहयोग भुमिका र नेपाल बाहिर गरेका गतिविधीप्रति खुलेरै प्रशंसा गरेका थिए ।

त्यस्तै वरिष्ठ नेता पौडेलले नेपालले राष्ट्र उन्नति विकास लागि र नेपालमा भाषा, संस्कृति कला साहित्यको संवर्धन प्रर्वद्धनका एनआरएनए संग ‘कोल्याव्रेशन’ गर्नुपर्ने बताए । सोही अवसरमा संघका अध्यक्ष कुल आचार्यले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराएका थिए । जवाफमा पौडेलले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक यथाशिघ्र दलीय सहमतिमा टुंगो लगाइने आश्वासन दिएका थिए ।

गैर आवासीय नेपाली संघले १०० कोठाको अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माणकोलागि नेपाल सरकार संग जग्गा उपलब्ध गराउन, गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बकोे सामूहिक लगानी कोषको कानुनी बाधा अड्चन फुकाउनका लागि सहजीकरण, वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम ल्याउन पहल गर्न र वैदेशिक रोजगार बाट प्राप्त विप्रेषण सटहीमा प्रति अमेरिकन २ डलर संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुनेगरी पहल गर्न सहजीकरणका पौडेलसंग अनुरोध गरिएको छ ।