मुहाली बाजा संरक्षणमा योगदान पुर्याउने एनटिभीकर्मी बस्नेत सहित थकु र श्रेष्ठ सम्मानित
News Desk
Apr-02 , 2022 तारिख 08:05 बेलुका

 


भक्तपुर ।  मुहाली बाजा संरक्षणमा योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजनका क्यामरापर्सन अशोककुमार बस्नेत सहित आशाकाजी थकु र  अन्न पुर्णेश्वरी श्रेष्ठ सम्मानित भएका छन्                                                          ।  लोपोन्मुख लोकबाजा मुहालीको संरक्षण गर्दै बाजाको मौलिकता बचाउने प्रयास गरेको योगदानको कदर स्वरुप उनीहरु मध्यपुर ठिमीमा शनिवार आयोजित कार्यक्रम माझ तेजकृष्ण नानीमाया स्मृति पुरस्कारबाट सम्मानित भएका हुन ।  l

नेवारी कुसले जातिले जात्रापर्वहरुमा बजाउँदै आएको मुहाली बाजाको प्रयोग पछिल्लो समय हराउदै गएको भन्दै बाजाको संरक्षण गर्न सरोकारवालाहरुले प्रयास गरेका हुन् । मध्यपुर थिमी नगरपालिका र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहयोगमा दबुली नेपालले मुहाली बाजाको वृत्तचित्र निर्माण गरी पहिलो प्रदर्शन गरिएको छ । प्रदर्शनीको क्रममा मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति नारायणभक्त श्रेष्ठले चार दशक अघिसम्म निकै लोकप्रिय रहेको मुहाली बाजा अहिले नगन्य संख्यामा रहेकोले यसको मौलिकता बचाउन प्रयास भएको बताउनुभयो । दबुली नेपालले आयोजना गरेको कार्यक्रममा परम्परागत लोकबाजाको मौलिकता बचाउन प्रयासरत भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई  सम्मान गरिएको थियो ।