सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचनमा तालमेलकाे माेडालिटी तयार गर्नेबारे छलफल हुने
News Desk
Apr-05 , 2022 तारिख 10:42 बिहान

काठमाडाैं – २२ चैत्र २०७८

काठमाडाैं, सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलकाे माेडालिटी तयार गर्नेबारे छलफल हुने भएकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएकाे हाे । आजकाे बैठकमा तालमेलकाे माेटालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमाेर्चाकी उपाध्यक्ष दुर्गा पाैडेलले बताइन् । १७ चैतमा बसेकाे गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकाे थियाे ।