News Desk
काठमाडौं – २२ चैत्र २०७८
काठमाडौं, स्थानीय तह निर्वाचनका लागि आचासंहिता कार्यान्वयनमा प्रतिबद्ध रहेको भन्दै दलका नेताहरूले आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार निर्वाचन आयोगमा भएको छलफलपछि दलका नेताहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
छलफलमा नबोलाई हस्ताक्षर गर्न मात्रै बोलाइएको भन्दै साना दलहरूले विरोध जनाएका थिए । साना दलहरुले आयोगले आफ्ना गुनासो नसुनेको भन्दै आपत्ति जनाएका थिए । कार्यक्रममा केहीबेर प्रमुख निर्वाचन आयुक्तसँग दलका नेताहरुको सवाल जवाफ भएको थियो । स्थानीय निर्वाचनमा ७९ दलले भाग लिँदै छन् ।