नि: शुल्क स्वास्थ्य चेकजाँच सेवासहित साधारणसभा गर्दैछौ : पुष्परत्न शाक्य
News Desk
Apr-05 , 2022 तारिख 08:55 बेलुका

 


ललितपुर ।  ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुर चेम्बर अफ कमर्शको दोस्रो वार्षिक  साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्                                                          । मंगलबार राज्यदैनिकसँग कुराकानीका क्रममा उनले सो जानकारी दिएका  हुन । ‘हामी करिब करिब अन्तिम चरणमा छौं,  तयारी लगभग पुरा भैसकेको छ भन्दा हुन्छ, अझ खासमा अन्तिम तयारीमा जुटेका छौं भनौ न’ साधारण सभाबारे जानकारी दिदै उनले भने ।  अध्यक्ष शाक्यले ललितपुर चेम्बरको वार्षिक साधरण सभा चैत्र २४  गर्न लागिएको उल्लेख गर्दै भने ‘हामीले २४ गते विहिवार मानभवन स्थित क्रिस्टल पार्टी प्यालेसमा  उक्त कार्यक्रम सम्पन गर्न लागेका छौं  र प्रमुख अतिथीमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालज्यु आउने कार्यक्रम  तय भएको छ भने प्रदेश मन्त्री ज्यु, लगायतलाई पनि आमन्त्रण गरेका छौं’ ।  

साथै, साधारण सभामा निशुल्क स्वास्थ्य चेकजाँचको सेवा उपलब्ध गराउन लागिएको  बारे जानकारी दिदै उनले भने ‘९ बजेबाट शुरु हुने कार्यक्रमको समुदघाटन ११ बजे र दुई बजे समापन हुने कार्यक्रम छ भने त्यस दिन स्वास्थ्य शिविर मार्फत मुटु, इसिजी, डायबेटिज, प्रेसर, आँखाको निशुल्क चेकजाँचको सुविधा उपलब्ध हुनेछ’ ।