News Desk
रामेछाप । रामेछाप जिल्लाको पर्यटकिय गन्तव्य शैलुङ्गको आधारभुमी दोरम्बा बजारमा पहिलो पटक बृहत् साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ।रामेछाप सांस्स्कृतीक कलाकार समाजको आयोजना एवम् दोरम्बा शैलुङ्ग गाउँपालिका र दोरम्बा फाउन्डेसनको संयुक्त प्रायोजनमा दोरम्बा शैलुङ्ग सांस्कृतीक महोत्सव आयोजनामा आउन लागेको हो । नयाँबर्षको उपलक्ष्यमा यहि चैत ३० र बैशाख १गते दोरम्बा बजारमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
स्थानीय संस्कृतीलाई उजागर गर्न आयोजीत यस कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त चर्चित कलाकारहरुको बेजोड प्रस्तुत रहने रामेछाप सांस्कृतीक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले बताउनु भयो।सांस्कृतीक गतिविधि मार्फत सामाजिक भाईचाराको सम्बन्ध स्थापित गर्न रामेछाप जिल्लाका प्रत्येक पालिकास्तरमा कार्यक्रम आयोजना गर्ने लक्ष्य अनुरुप दोरम्बामा आयोजना गरिएको अध्यक्ष कार्कीले बताए।
दोरम्बा शैलुङ्ग गाउँपालिकाका प्रशासकिय अधिकृत उद्वव प्रसाद देवकोटाले स्थानीय कला साहित्य तथा संस्कृती प्रबर्द्धनका लागि पालिकाले निर्णय गरेर आवश्यक बजेट ब्याबस्थापन गर्न सहयोग गरेको बताए।
दोरम्बा शैलुङ्ग गाउँपालिका वडा २ का अध्यक्ष खड्क बहादुर श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न आवश्यक सहकार्य गरेको र तयारी व्यवस्थापन समीती समेत गठन गरिएको जानकारी दिनुभयो ।
दोरम्बा शैलुङ्ग सांस्कृतीक महोत्सवका सहप्रायोजक दोरम्बा फाउन्डेसनका अध्यक्ष विजय लामाले सांस्कृतीक क्रियाकलापले समाजमा सकारात्मक भाइचारा सम्बन्ध स्थापित गर्न सघाउ पुर्याउने भएकाले आफुहरु सहप्रायोजन गर्न तयार रहेको बताउनु भयो।अध्यक्ष लामाका अनुसार मुलुक शान्ति सम्झौता ताका द्वन्द्व ग्रस्त दोरम्बाको घाउ अझै निको नभएको र यस्ता खाले विविध क्रियाकलापहरु मार्फतसमाजिक सद्भाव सिर्जना हुने कुरामा आफुहरु बिश्वस्त रहेको जनाउनु भयो।आफुहरुले दोरम्बाको पहिचानकै निम्ति दोरम्बा फाउन्डेसन मार्फत स्वस्थ्य, शिक्षा र खेलकुद सहयोग जुटाउदै आएको अध्यक्ष लामाले बताउनु भयो।