जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपालको ग्राण्ड अडिसन सम्पन्न
News Desk
Apr-10 , 2022 तारिख 02:24 बिहान

काठमाडौँ — कथा इभेन्टको आयोजनमा हुन लागेको जुुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल–२०२२ को अडिसन सम्पन्न भएको छ । १३३ जनाले अडिसनमा भाग लिएको  इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिनुभयो । 

छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, व्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसनलगायतका कृयाकलापहरु रहने छन् । 

जुुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल विजेताहरूले नगद  पच्चिस- पच्चिस हजार  र इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । त्यसैगरी फष्ट रनरअपहरूले नगद पन्ध्र-पन्ध्र हजार र सेकेण्ड रनरअपहरूले नगद दस -दसहजार पाउने बुर्जा मगरले जानकारी दिनुभयो ।


अडिसनमा निर्णायकमा वरिष्ठ रयापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ र कथा इभेन्टकी प्रमुख गनिका गुरुङ  गरेका थिए । अडिसन प्रारम्भ एकेडेमी, कागेश्वरी मनोहरा, मुलपानी, काठमाडौँमा सम्पन्न भएको थियो ।