अमेरिकामा नेपाल परेड डे सम्पन्न
News Desk
Apr-10 , 2022 तारिख 10:14 बिहान

क्यालिफोर्निया अमेरिका – २७ चैत २०७८   

क्यालिफोर्निया अमेरिका, अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रान्सिस्कोमा नेपाली कलासंस्कृति र पहिचान झल्किने खालको विभिन्न झॉकीसहितको भेषभुषामा शनिवार नेपाली समुदायले भद्रगोल व्यवस्थाका बिच प्रदर्शन गरेका छन् । ‘भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन, अमेरिका-नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध चीरकाल रहोस्’ जस्ता प्लेकार्ड र नेपालको झण्डा बोकेका सयौं नेपाली युवायुवती, बालबालिका एवम् बृद्धबृद्धाहरू समेत सहभागी भएका थिए। सान फ्रन्सिस्को शहरको विभिन्न भागमा नेपालको विविधता झल्किने पहिरहनमा उपस्थित नेपालीहरूले गरेको यस प्रदर्शनीलाई स्थानी र विभिन्न देशका मानिसहरूले समेत निकै चासोपूर्वक लिएका थिए भने भद्रगोल व्यवस्थाले प्रहरी अफिसर हरुलाई अवस्था मिलाउन निकै कठिनाई भएको थियो।

यता प्रदर्शनीको सफलताको लागि नेपाल तथा क्यालिफोर्नियाका विभिन्न तह र तप्काबाट शुभकामना समेत प्राप्त भएको आयोजकले उल्लेख गरेता पनि राजनिति दललाई दबाद दिएर शुभकामना लेख्न लगाइएको हो भन्ने कुरा प्रदर्शनीमा सहभागिता जनाएका व्यक्ति हरु बताउँछन। नेपाली समुदायको हकहितका लागि कार्य गरिरहेका यहॉका विभिन्न सामाजिक संघसंस्था तथा गैर-आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका र क्यालिफोर्निया च्याप्टरको संयुक्त पहलमा नेपाली नयॉवर्षको अवसरमा आयोजित ‘नेपाल-डे परेड’ नाम दिइएको उक्त कार्यक्रममा एनआरएनए एनसीसीले क्यालिफोर्निया च्याप्टरको भने लोगो ब्यानरमा प्रयोग नगर्दा धेरै सदस्यहरु निरास भएका छन।

क्यालिफोर्नियाकै ब्यस्त एवम् ऐतिहासिक शहर भएकोले पनि सानफ्रान्सिस्कोमा यस प्रकारको कार्यक्रम हुनु नेपालको पर्यटन क्षेत्र र नेपाली कलासंस्कृतिको प्रबर्द्धनका लागि सकारात्मक पहलकदमी भएको यहॉ क्रियासिल विभिन्न पेशा व्यवसायी एवम् सामाजिक अभियान्ताहरूले उल्लेख गरेका छन् । सवैभन्दा बढी नेपालीहरूको बसोबास रहेको न्यूयोर्कमा यसअघि यस्तै प्रकारको कार्यक्रम गरिएको थियो । यद्यपि क्यालिफोर्नियामा पहिलो पटक आयोजना गरिएको यस नेपाल-डे परेडको आर्थिक पारदर्शीता एवम् सहभागितालाई लिएर यहॉका कतिपय संघसंस्था र व्यक्तिहरूले असन्तुष्टी व्यक्त गरेका छन् । नेपाली समुदायले विभिन्न प्रयोजनका लागि संकलन गर्ने रकम र खर्च सम्बन्धीको हिसाबकिताब प्रष्ट पार्न नसक्दा समयसमयमा विभिन्न पक्षबाट प्रश्नचिन्ह खडा हुनेगरेको छ । नेपाल परेड डे को आर्थिक संकलक पार्दर्शी हुनु पर्छ भन्ने कुरा एक कान दुई कान हुदै मैदान सम्म पुगेको छ।