News Desk
काठमाडौं । नेपाल सरकार संस्कृती ,पर्यटन तथा नागरिक उडडयन् मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्त राजकुमार लामा र कार्यकारी निर्देशक नयन कुमार लामाले पदभार ग्रहण गर्नु भएको छ ।
आज एक समारोह माझ समितिको केन्द्रिय कार्यालय बौद्धमा पुगी लामाद्वयले पदभार ग्रहण गर्नु भएको हो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष लामाले आफुले दोस्रो कार्यकाल समाल्न पाउनु ब्यक्तिगत रुपमा खुशी लागेको धारणा व्यक्त गर्दै सस्थागत व्यवस्थापन तर्फ आफ्नो टिमको ध्यान जाने बताउनु भयो । आफ्नो मन्तव्यकै क्रममा कार्यकाल अबधीमा आर्थिक पारदर्शिता र भ्रष्टाचार जन्य गतिविधि हुन नदिने वचनबद्वता समेत उहाँले प्रकट गर्नुभयो ।
उक्त कार्यक्रममा कार्यकारी निर्देशक नयन कुमार लामाले
प्रशासनिक गतिविधि चुस्त र दुरुस्त बनाउन लागिपर्ने प्रतिबद्धता व्य्क्त गर्नु हुँदै कर्मचारीलाई सामुहिक भावना अनुरुप काम गर्न निर्देशानात्मक आदेश दिनुभयो । उहाँहरुले पदभार ग्रहण गरे लगत्तै समितिको आजै बसेको पहिलोपटक बैठकले बौद्ध क्षेत्रलाई व्यवस्थित गर्ने र वैशाख २ गते संचालन हुने तेमाल जात्रालाई व्यवस्थापन गर्न मुल समिति गठनको निर्णय गरेको छ । कार्यक्रममा नवनियुक्त सदस्य बिनोद श्रेष्ठ ,रम्बा श्रेष्ठ ,शैलेश श्रेष्ठ लगाएत राजनीतिकर्मी एवम् स्थानीयको उपस्थिति रहेको थियो ।