कांग्रेसले ३० गते बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
News Desk
Apr-12 , 2022 तारिख 10:36 बिहान

काठमाडौं – २९ चैत २०७८

काठमाडौं, नेपाली कांग्रेसले ३० चैतमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनले एक सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् । बैठकमा स्थानीय तह निर्वाच घोषणापत्र सम्बन्धी विषयमा छलफल हुनेछन् ।