राष्ट्रिय भूमि आयाेग, दाेलखा जिल्ला समितिकाे अध्यक्षमा ललित बहादुर मगर
News Desk
Apr-12 , 2022 तारिख 09:02 बेलुका

नेपाल सरकारले राष्ट्रिय भूमि आयाेग, दाेलखा जिल्ला समितिकाे अध्यक्षमा ललित बहादुर मगरलाई मनाेनयन गरेकाे छ । त्यसैगरी विज्ञ सदस्यमा शुसान्त तामाङ तथा  सदस्यहरुमा रिता रिमाल र शुशिला शर्मालाई मनाेनयन गरेकाे छ ।
राष्ट्रिय भूमि आयाेग गठन(पहिलाे संशाेधन समेत) आदेश , २०७८ का अनुसार गठित दाेलखा समितिका सदस्यहरुमा जिल्ला समन्वय अधिकारी हाेम प्रसाद घिमिरे, जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय  प्रमुख धन बहादुर तामाङ , डिभिजन वन कार्यालय अधिकृत प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय अधिकृत प्रतिनिधि तथा सदस्य सचिवमा नापी कार्यालय दाेलखाका प्रमुख अशाेक कुमार श्रेष्ठ  रहेका छन ।
आयाेगले दाेलखा जिल्लाका भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसाेबासीलाई व्यवस्थापन गर्ने कामका लागि याेजना बनाएर अघि बढ्ने अघ्यक्ष मगरकाे भनाई रहेकाे छ ।