हिमान्शु डिजाइनर रन वे भव्य पूर्वक सम्पन्न
News Desk
Apr-13 , 2022 तारिख 07:27 बिहान


    नारी दिदिबहिनीहरुलाई फेसन डिजाइन क्षेत्रमा आत्मनिर्भर बनाउदै उनिहरुको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृद्धि संगै गरीब, असहाय र उत्पिडित महिलाहरुलाई उद्यमशील तालिमको छात्राबृत्तिको निम्ति च्यारिटी शो द हिमांशु डिजाइनर रनवे शो शिजन २ गत चैत्र २८ गते एसियन पार्टी प्यालेस इटाभट्टीमा भव्यताका साथ सम्पन्न भएको छ । 
हिमान्शु बुटिक एण्ड ट्रेनिङ सेन्टरबाट प्रशिक्षित २१ जना डिजाइनरहरुको डिजाइनमा २७ जना मोडलहरु ले फरक फरक विद्यामा प्रस्तुत गरेका थिए । जसमा १६ जना किड्स मोडल र ११ महिला मोडलहरुको सहभागी थियो साथैं तेश्रो लिंगी मोडलहरुको पनि सहभागिता रहेको थियो । 
फेसन डिजाइनर यूबी थापा, एलिना गुरुङ, श्रृष्टि गुरुङ, सपना पुन, केशु कला थापाको जुरी मेम्बरले छनौट गरेको प्रतिष्प्रर्धामा अमृता थापा मगरले प्रथम स्थान हासिल गरेका छन् ।
धनुषा न्यौपाने, पबित्रा अधिकारी क्षेत्रीले क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअप स्थान हासिल गरेका छन् । धन कला थापा, सुनिता ज्ञवाली, विद्या किरण सुनार, पार्वति गुरुङ क्रमशः थर्ड, फार्थ, फिफ्थ, सिक्स्थ रनरअप हासिल गरेका छन् । साथै मन्जु बाकाबल, शर्मिला कुमारी शोमाई, अस्मिता बिक ले सेभेन्थ, एथ र नाइन रनरअप हासिल गरेका छन् । साथमा भिवर चोइस विनर मार्फत अमृता थापा ले जित हासिल गरेको छन् । पहिलो बिजेताले इन्ड्रस्ट्रियल स्विङ मेशिन, दोश्रो ले इलेक्ट्रिक मेशिन र तेश्रो ले पिको मेशिन सहित अवार्ड पुरस्कार प्राप्त गरेका छन् भने भिवर चोइस बिजेता ले इलेक्ट्रिक मेशिन सहित अवार्ड प्राप्त गरेका छन् । अन्य विजेताहरुले पनि अवार्ड प्राप्त गरेका छन् । 
कार्यक्रमको सुरुवात समर ड्रेषको बिषयबाट प्रस्तुत गर्दै बेबि पार्टी वेयर ड्रेश, ड्रेश ट्रान्सफरमेशन, ब्राइडल ड्रेशको उत्कृष्ट प्रस्तुति डिजाइनरहरुको साथमा मोडलहरुले प्रस्तुत गरेका थिए ।  
गत शिजन १ बाटै हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरले आयोजना गर्ने कार्यक्रमबाट गरीब, असहाय र उत्पिडित महिलाहरुलाई उद्यमशील तालिमको छात्राबृत्तिको निम्ति घोषणा गरेको कार्यक्रममा यो पटक बुटवल निवासी शिला बुढा मगरलाई एक बर्षे फेसन डिजाइन कोर्ष हिमान्शुका प्रमुख हिरा पेग्नी ज्यूले पुर्ण छात्राबृत्तिको रुपमा प्रदान गरेका थिए । साथैं एड्भान्स हेयर कटिङ कोर्ष र फेसन डिजाइनको कोर्षको लागि १÷१ जना बुटवल बाहिर अन्य जिल्लाको व्यक्तिहरुलाई समेटेर लैजाने जानकारी छनौट समितिका सदस्य ले जानकारी दिए । 
कार्यक्रममा स्थानीय कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई एसपिएम क्रियशन विशेष सहयोग र आरएन स्टायलले सहकार्य गरेका थिए । कार्यक्रम व्यवस्थापकको रुपमा एस. पि.एम कृयसनको संस्थापक पवन आचार्य रहनुभएको थियो, उक्त कार्यक्रममा कोरियोग्राफरको भूमिकामा पवन आचार्य र रेशम न्योपीने रहनुभएको थियो। बुटवलमा पृथक शैलीको रनवे डिजाइन गर्न अभ्यानी प्रोडक्सनका संस्थापक तथा यस कार्यक्रममका रनवे कोओर्डिनेटर अभिविन्द खनियाको उल्लेखनीय भूमिका रहेको थियो।

"कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको र बुटवलमा फेसनसो को यो इभेन्ट माइलस्टोन साबित रहेको छ" इभेन्ट कन्सेप्ट डिजाइनर पवन आचार्यले बताउनुभयो।