News Desk
लिखत रजिष्ट्रेन गर्ने व्यवस्थाकाे शुरुवात भएको १०० बर्ष पुगेको अवसरमा कार्यक्रम
दोलखा । नेपालकाे भूमि व्यवस्था निकै पुरानाे छ । ऐतिहासिक काल देखिनै औपचारिक तथा अनाैपचारिक तवरबाट जग्गा प्रशासन सम्बन्धि कामकारबाही संचालन हुँदै आएकाे पाईन्छ । जग्गालाई उत्पादनकाे साधनकाे रुपमा मात्र नलिई व्यक्तिले आफ्नो सम्पत्ति , ईज्जत् , प्रतिष्ठा र मानसम्मानकाे आधारभूत वस्तुको रुपमा स्विकार गरेकाे सन्दर्भ तथा जग्गा जमिनलाई अचल सम्पत्तिकाे रुपमा स्विकार गरिसकेपछि जग्गाको हक र अधिकार हस्तान्तरण अर्थात जग्गाको किनबेच शुरु हुन गयाे र बि.स. १९७९ साल बैशाख १ गते बाट पाेता रजिष्ट्रेशन अड्डा स्थापना गरी जग्गा किजबेच हुदा लिखत रजिष्ट्रेन गर्ने व्यवस्थाकाे शुरुवात भयाे । यसरी जग्गाको हक हस्तान्तरण आैपचारिक रुपमा शुरुवात भएकाे १०० वर्ष पूरा भएकाे गाैरवपूर्ण ईतिहासकाे स्मरण र सम्मानका लागि नेपाल सरकारबाट मन्त्रालयस्तर, विभागस्तर र जिल्लास्तरमा विभिन्न कार्यक्रम गरि मनाउन निर्णय गरियाे । साेही अनुसार दाेलखा जिल्लामा पनि नापी कार्यालय र मालपाेत कार्यालय दाेलखाकाे संयुक्त आयाेजनामा आज स्थानिय प्रशासन, स्थानिय तह र अन्य सराेकारवालाहरुसंगकाे सहभागितामा अभिलेख व्यवस्थापन , भाैतिक पूर्वाधार तथा सेवाप्रवाहका वर्तमान अवस्था , विद्यमान चुनाैति र सुधारका क्षेत्रहरुका विषयमा अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिएकाे थियाे । मिति २०७८ चैत्र ३० गते देखि मिति २०७९ बैशाख २ गतेसम्म मनाईने उक्त दिवसकाे ३ दिनसम्मनै नापी कार्यालय र मालपोत कार्यालयमा साँझ दिपावली गर्नुकाे साथै कार्यालय परिसरकाे सरसफाइ कार्यक्रमबाट शुरु भई दाेस्राे दिन अन्तरक्रिया कार्यक्रम आयाेजना गरि मनाईएकाे थियाे भने आज अन्तिम दिन बैशाख २ गते कार्यालयमा सबैभन्दा पहिला सेवा लिन आउने सेवाग्राहीलाई अबिर, फूल, मालाबाट सम्मान गरि सेवा प्रदान गरेकाे नापी कार्यालय दाेलखाका प्रमुख, नापी अधिकृत अशाेक कुमार श्रेष्ठले बताउनु भएकाे छ।