राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानको पहलमा सशस्त्रका पूर्व डिआइजी मन्दिप श्रेष्ठ श्रीमतीसहित राप्रपामा प्रवेश
News Desk
Apr-16 , 2022 तारिख 05:13 बेलुका

 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानको पहलमा सशस्त्रका पूर्व डिआइजी मन्दिप श्रेष्ठ श्रीमतीसहित राप्रपामा प्रवेश गरेका छन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि उनीहरुलाई फूलमाला र अविर लगाएर राप्रपामा प्रवेश गराएका हुन् । केन्द्रीय सदस्य प्रधानले उनीहरुलाई पार्टीमा ल्याउन आफूले विशेष पहल गरेको बताएका छन् । ‘अहिले हाम्रो पार्टीप्रति आकर्षण बढ्दैछ, निर्वाचनको मुखमा निरन्तर पार्टी प्रवेशले राप्रपा पनि एउटा प्रमुख शक्ति हो भन्ने प्रष्ट भएको छ’ प्रधानले भने ‘आगामी निर्वाचनमा हाम्रो पक्षमा राम्रो परिणाम आउनेमा हामी ढुक्क छौं ।’ श्रेष्ठ दम्पत्ति काठमाडौंको नागार्जुन निवासी हुन् । श्रेष्ठकी श्रीमती रोजी प्रधान एक बोर्डिङ विद्यालयकी प्रिन्सिपल हुन् ।
कार्यक्रममा विभिन्न पार्टी छोडेका र स्वतन्त्र अभियानका चलाउँदै आएका पनि राप्रपामा प्रवेश गरेका थिए ।