News Desk
कास्की — स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु प्रहरीले दाबी गरेको छ । जीपमा सवार १३ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङमा कार्यरत एक प्रहरीले जानकारी दिए । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घोषणा भइसके पनि २ जनाको भने घोषणा हुन बाँकी रहेको प्रहरी जवान क्षेत्रीले जनाए ।
२ जनालाई उपचारका लागि पाेखरा रिफर गरिएकाे छ भने थप ४ जनाकाे वालिङ प्राथमिक स्वास्थ्य चाैकी, स्याङ्जामै उपचार भइरहेकाे छ ।