ठेकेदारलाई कारबाहीको माग गर्दै बीपी राजमार्ग अवरुद्ध
News Desk
Apr-17 , 2022 तारिख 12:27 बेलुका

सिन्धुली — ठेकेदारको लापरबाहीले पुल निर्माणका बेला खनेको खाल्डोमा डुबेर बालकको ज्यान गएको भन्दै स्थानीयले ठेकेदारलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै बीपी राजमार्ग अवरुद्ध गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–४ अन्तर्गत ढुंग्रेवासचोक र २ नम्बर गेटमा बालकका आफन्त र स्थानीयले सडकमा टायर बाल्नुका साथै ढुंगाको अवरोध राखेर यातायात बन्द गरेका छन् । यातायात बन्दका कारण लामो तथा छोटो दुरीका साधन चलेका छैनन् ।