News Desk
राज्यको ऎन अभावमा बौद्ध घ्याङ गुठी पदाधिकारी छनौटमा समस्या,विवारहित नियुक्तीको प्रयासमा गुठी संस्थान
डिएन घिसिङ
काठमाडौ । विश्वभरका बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र बौद्ध परिसरमा रहेको घ्याङ गुठीमा प्रमुख लामा अर्थात चिनिया लामा (पुजारी) र पदाधिकारी चयन नहुँदा धार्मिक अनुष्ठानमा समस्या उत्पन्न भएको छ।
भूमि व्यवस्था,गरिबी निवारण तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको गुठी संस्थानले बौद्ध घ्याङ गुठीको चिनियाँ लामा (पुजारी) नियुक्ति र गठन आदेश दिने ब्यबस्था रहेको छ।१८औं शताब्दीतिरै देखिनै बौद्ध घ्याङ गुठीमा चिनियाँ लामाहरू पुजारीका रुपमा नियुक्ति गर्ने परम्परालाई राज्यले निरन्तरता दिदै आएको हो।
दैनिकी धार्मिक अनुष्ठान तथा दान दक्षिणाको ब्यवस्थापन समेत बौद्ध घ्याङ गुठीका प्रमुख पुजारीले जिम्मेवारी बहन गर्नुपर्ने भएकाले सरोकारवालाहरुले पदाधिकारी चयनमा चासो व्यक्त गरेका छन् ।
गुठी संस्थान अन्तर्गत छुट गुठीमा सुचीकृत बौद्ध घ्याङ गूठीले साबिक लगत र आन्तरिक आर्थिक ब्यबस्थापनको जिम्मा स्वयंले गर्ने नजिर रहेको छ।दैनिक भेटी र दक्षिणा मात्रै लाखौं संकलन हुने भएकाले आर्थिक पार्दशिता समेतमा गूठी संस्थानले गर्ने नियुक्तिमा चीनिया लामा निष्कलंकित छवी भएको भन्दै एक पक्ष उनैलाई (पुजारी) बनाउनुपर्ने जिकिर गरिरहेका छन् । जनस्तरमा समेत उनको पक्षमा आवाज उठदै आएको केहीको भनाई छ।
काठमाडौ स्थित त्रिपुरेस्वरमा अवस्थित गुठी संस्थानका प्रमुख आनन्द प्रसाद कर्मचार्यका अनुसार बौद्ध घ्याङ गुठीको प्रमुख पुजारीको नियुक्तमा ढिलाइ नहुने बताए।प्रमुख कर्मचार्यले बौद्ध घ्याङ गुठीको पुजारी नियुक्तिमा ४जनाको आबेदन परेको स्वीकार्यका छन् ।सरोकारवालाहरुसँग परामर्शले लिने साथै स्वच्छ छबीको प्रमुख पुजारी नियुक्त गर्ने तयारी गरेको प्रमुख कर्मचार्यले बताए ।एक सन्दर्भमा प्रमुख कर्मचार्यले परम्परा र सांस्कृतीक अभ्यासलाई मात्र आधार मानेर पुजारीको नियुक्त गर्नु परेको तर्क समेत पेश गरे।उनका अनुसार कानुनमा स्पष्ट ब्यबस्था नहुँदा नितिगत निर्णय लिन कठिनाइ भएको महशुस गरेको समेत ब्यक्त गरे।
स्रोतका प्रस्तावित चीनिया लामा (पुजारी )धर्म काजी लामा ,भुपती बज्र लामा,ज्योती बज्र लामा
र पद्म लामाको नाम गूठी संस्थानमा आबेदन परेको छ ।
संस्कृती ,पर्यटन तथा नागरिक उडयन मन्त्रालय अन्तरगत बौद्ध क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामाले सांस्कृतिक स्तम्भ पर्यटनको मेरुदण्ड भएकालेे गूठी संस्थाले नियुक्त गर्दा विवादरहित हुनुपर्ने धारण ब्यक्त गरेका छन।अवस्यकता महसुस भएमा आफुहरु सहजीकरण गर्न तयार रहेको अध्यक्ष लामाले बताए।बिगतको नियुक्तमा विवाद हुँदा किचलो आएको स्मरण गराउदै शान्ति क्षेत्रमा द्वन्द्व हुँदा पर्यटन क्षेत्रमा समेत दुरगामी असर पर्ने उनले बताए।
बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खडक जित लामाले चिनियाँ लामा नियुक्ती विवादरहित हुनुपर्नेमा जोड दिएका छन् ।स्थानीय वडा प्रतिनिधि र विभिन्न संघ संस्थाले गरेको प्रस्तावित चीनिया पुजारी लामा नियुक्त हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल तामाङ राष्ट्रिय घेदुङ्गले समेत चासो दिएको छ । राष्ट्रिय घेदुङ्गका महासचिव प्रबिन बलले बौद्ध आधार क्षेत्र शान्तिको भुमिभएको र राष्ट्रको गौरव समेत भएकाले सरकारले पुजारी लामा वा पदाधिकारी नियुक्त गर्दा स्थान र भूगोल विशेषलाई मात्रै प्राथमिकता राख्न नहुने तर्क दिएका छन्।स्वच्छ छवि र समाबेशी आधारमा गूठी संस्थानले नियुक्त गर्नुपर्ने धारणा महासचिव बले दिए ।