एफए कप: उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने
News Desk
Apr-18 , 2022 तारिख 10:27 बिहान

काठमाडौं - ०५ बैशाख २०७९ 

काठमाडौं, एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सी विजयी भएसँगै फाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो । यसअघि लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

चेल्सीले क्रिस्टल प्यालेसलाई २-० अन्तरले हरायो । चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १-१ गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६५औं मिनेटमा रुबेनले गोल गर्दा ७६औं मिनेटमा माउन्टले गोल गरेका थिए ।