रोट्रयाक्ट सृस्‍टि त्रिपाठी डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ एम्बेसडर नियुक्त
News Desk
Apr-18 , 2022 तारिख 02:52 बेलुका

काठमाडौं । रोट्रयाक्ट सृस्‍टि त्रिपाठी बर्ष २०२२/ ०२३ का लागि डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ एम्बेसडर नियुक्त भएकी छिन् । रोट्रयाक्ट क्लब अफ कान्तिपुरकी पूर्व अध्यक्ष त्रिपाठीलाई १४ औं रोट्रयाक्ट सम्मेलनले एम्बेसडरमा चयन गरेको हो । एम्बेसडरमा नियुक्त भएसँगै राज्यदैनिकसँग कुरा गर्दै त्रिपाठीले यस जिम्मेवारीले आफुलाई थप उर्जा र हौसला प्राप्त हुनुका साथै सामाजिक कार्यमा लाग्न थप उत्प्रेरणा मिलेको बताईन । साथै उनले आफ्नो जिम्मेवारीलाई वस्तुनिष्ठ तबरले निभाउन सक्दो प्रयास जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरिन ।

सृस्‍टि त्रिपाठीको रोट्रयाक्ट यात्रा

रोट्रयाक्ट यात्रामा संलग्नता जनाउने क्रममा सृस्‍टि त्रिपाठीले बर्ष १६/ १७ मा स्पेशल एरिया कोअर्डिनेटरका रुपमा जिम्मेवारी सम्हालेकी थिईन् । त्यसो त २०१७/ ०१८ को कार्यकालमा रोट्रयाक्ट क्लब अफ कान्तिपुरको प्रेसिडेण्ट हुँदै उनले बर्ष २०१८/ ०१९ मा रोट्रयाक्ट नेपाल आरआईडी ३२९२ को ट्रेनरको हैसियतमा रहेर कार्यसम्पादन गरेकी थिईन् । सँगसँगै उनले बर्ष २०१८/ ०१९ मा रोट्रयाक्ट नेपाल आरआईडी ३२९२ को डिष्ट्रिक्ट कमिटि मेम्बर, रोट्रयाक्ट नेपाल आरआईडी ३२९२ मै बर्ष २०१९/ २० अवधिमा पब्लिक रिलेशन अफिसर, बर्ष २०२०/ ०२१ मा रोट्रयाक्ट डिष्ट्रिक्ट नेपालको असिण्टेण्ट डिष्ट्रिक्ट ट्रेजर र बर्ष २०२१/ ०२२ का लागि रोट्रयाक्ट नेपाल आरको डिष्ट्रिक्ट कमिटि मेम्बरका रुप जिम्मेवारी सम्हालेकी छिन् । मानविकी शास्त्रमा स्नाकोत्तर उनी नेपाल चेम्बर अफ कमर्समा निर्देशकको तहमा रहेर कार्यरत छिन् ।