राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प
News Desk
Apr-26 , 2022 तारिख 10:17 बिहान

न्युयोर्क – १३ बैशाख २०७९

न्युयोर्क, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन् । एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन् । राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए । उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताए ।

रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस्थे ? भन्ने एउटा प्रश्नको जबाफमा ट्रम्पले अगाडि भने, ‘हो मैले खोस्थे ’ आफू मेघनको प्रशंसक नभएको भन्दै उनले अगाडि भने, ‘बिचरा ह्यारीलाई उनको नाकले घेरेको छ । ’ पूर्वराष्ट्रपति ट्रम्पले राजकुमार ह्यारीको मेघनसँगको विवाहको ‘खराब अन्त्य’ हुनेसमेत भविष्यवाणी गरे । ड्युक अफ ससेक्स हात र घुडाँ टेकेर शाही जीवनमा फर्किन सक्ने उनले बताए । एजेन्सी