राईनास नगरपालिकाको उप-मेयरको पदमा नेकपा माओवादीका पुष्प राज खनालको उम्मेदवारी
News Desk
Apr-28 , 2022 तारिख 11:07 बिहान

राईनास – १५ बैशाख २०७९ 

राईनास , नेकपा माओवादी केन्द्रमा विगत लामो समयदेखि लमजुङको राजनीतिमा सक्रिय रहँदै जनताको हकहितको पक्षमा आवाज बुलन्द गर्दै आउनुभएका नेकपा माओवादीका युवा नेता पुष्प राज खनालले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनुभएको छ।

जनमुखी सुशासनयुक्त विकास र सेवाप्रवाह गर्ने उद्देश्यले आफूले आसन्न स्थानीय तहको निर्वाचनमा उप-मेयरको पदमा उम्मेदवारी दिएको पुष्पराज खनालले बताउनुभयो।

उप-मेयरको उम्मेदवार खनाल हाल नेकपा माओवादी केन्द्रका राईनास नगरपालिका पार्टी कमिटीको अध्यक्ष समेत हुन्।