निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग
News Desk
Apr-30 , 2022 तारिख 09:57 बिहान

काठमाडौं – १७ बैशाख २०७९

काठमाडौं, निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । शुक्रबार उम्मेदवारी फिर्ताको कार्यतालिका थियो ।

त्यसअघि भने आयोगले उम्मेदवारी दर्ता, दाबी–विरोध र उजुरीको जाँचबुझ गरेको थियो । यी प्रक्रिया पूरा भएपछि आयोगले आज निर्वाचन चिह्न प्रदान गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले दिएको निर्वाचन चिह्नमा मतदाताहरूले उम्मेदवारलाई मतदान दिन्छन् ।