धेरै उम्मेदवार खडा गर्ने पहिलो पार्टी नेकपा एमाले
News Desk
May-02 , 2022 तारिख 10:38 बिहान

काठमाडौं – १९  बैशाख २०७९  

काठमाडौं , स्थानीय तहको निर्वाचनको जताततै रौनक छ। आफ्नो पार्टीलाई जिताउन धेरै उम्मेदवारहरु जनताको घर-दैलो पुग्ने क्रम अहिले जारी नै छ।

राष्ट्रिय निर्वाचन आएको तथ्यांकअनुसार नेकपा एमालेले स्थानीय तहमा पार्टीको धेरै व्यक्तिहरुलाई उम्मेदवारको रुपमा खडा गरेको छ।

६ हजार ४ सय ५ जना पुरुषलाई वडा अध्यक्ष र १ सय १८ महिलालाई वडा अध्यक्षको उम्मेदवारको रुपमा खडा गरेको छ। यसैगरी ६ हजार ४ सय ११ महिलालाई महिला वडा सदस्य,६ हजार २ सय ९ जनालाई दलित महिला वडा सदस्यको रूपमा खडा गरेको छ।

देशको ७५३ स्थानीय तहमध्ये १५ ओटा नगर प्रमुख र गाउँपालिका अध्यक्ष भने एमालेले उम्मेदवारी दर्ता नगराएको निर्वाचन आयोगले जनाएको छ।

यसैगरी गाउँपालिकामा ३ हजार ५ सय २३ उम्मेदवार १८ हजार ५ सय ४३ जनालाई पुरुष उम्मेदवार खडा गरेको छ। यसैगरी १२ हजार ८ सय ८२ महिला उम्मेदवार खडा गरेको छ। यसैगरी २६ पुरूषलाई नगर उपप्रमुखको उम्मेदवारको रुपमा खडा गरेको छ।

यसैगरी नेकपा एमालेले २ सय ६० महिलालाई नगर प्रमुख दाबेदार उम्मेदवार खडा गरेको छ। नेकपा एमाले अहिले स्थानीय तहमा धेरै उम्मेदवार खडा गर्ने पहिलो उम्मेदवारको रुपमा स्थापित हुन पुगेको छ।