प्रधानमन्त्री र सभामुखबीच भेटवार्ताः बजेट अधिवेशन आह्वान सम्बन्धमा छलफल
News Desk
May-02 , 2022 तारिख 12:09 बेलुका

काठमाडौं – १९  बैशाख २०७९  

काठमाडौं,  संघीय संसदको अधिवेशन आह्वान गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सभामुख अग्निप्रसाद सापकोटाले विचारविमर्श गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको निजी सचिवालयले जनाएको छ ।