News Desk
काठमाडौं – १९ बैशाख २०७९
काठमाडौं, गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद एनआरएनए एनसीस) कतारले रामादानको अन्तिम दिनसम्म २६७०० खाना वितरण गरेको छ । एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले खाना वितरणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्र गरेका छन् ।
एनसिसी कतारले मिति १२ जनवरी २०२२ मा एनसीसी कतार द्वारा जारी गरिएको सार्बजनिक सुचना अनुसार कतारको परोपकारी संस्था कतार च्यारिटीद्वारा पबित्र महिना रामादानको अवसरमा व्रत बसेका आप्रवासी श्रमिकहरुलाई ईफ्तारीको लागि खाना उपलब्ध गराउने कार्यक्रम अन्तर्गत एनसीसी कतारको समन्वयमा रोजा राख्ने नेपाली कामदारहरुका लागि रामादान १–२ अप्रिलदेखि रामादानको ३०औ दिन सम्म दैनिक ८९० इफ्तार (खाना) उपलब्ध भई कतारको विभिन्न स्थानमा रोजा बसेका नेपाली श्रमिकहरुलाई आज रामादानको अन्तिम दिन सम्मा २६७०० खाना एनसीसी कतारका स्वयंसेवक द्वारा बितरण गरिएको उल्लेख गरेको छ ।
‘एक महीना इफ़्तारको खाना बितरण कार्य सम्पन्न गर्न अहोरात्र खटने सम्पूर्ण संघसंस्थाका प्रतिनिधि ज्युहरु लगायत एनसीसी सल्लाहकार ज्युहरु, कार्यसमितिका पदाधिकारी एवं सदस्य ज्युहरुलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछु’, अध्यक्ष मुसलमानले उल्लेख गरेका छन् ।
विज्ञप्ति
मिति १२ जनवरी २०२२ मा एनसीसी कतार द्वारा जारी गरिएको सार्बजनिक सुचना अनुसार कतारको प्रोपकारी संस्था कतार च्यारिटी द्वारा पबित्र महिना रामादानको अवसरमा बर्त बसेका आप्रवासी श्रमिकहरुलाई ईफ्तारीको लागि खाना उपलब्ध गराउने कार्यक्रम अन्तर्गत एनसीसी कतारको समन्वयमा रोजा राख्ने नेपाली कामदारहरुका लागि रामादान १ (२ अप्रिल) देखि आज रामादानको ३०औ दिन सम्म दैनिक ८९० इफ्तार(खाना) उपलब्ध भैइ कतारको विभिन्न स्थानमा रोजा बसेका नेपाली श्रमिकहरुलाई आज रामादानको अन्तिम दिन सम्मा २६७०० खाना एनसीसी कतारका स्वयंसेवक द्वारा बितरण गरिएको जानकारी गराइन्छ।
एक महीना इफ़्तारको खाना बितरण कार्य सम्पन्न गर्न अहोरात्र खटने सम्पूर्ण संघसंस्थाका प्रतिनिधि ज्युहरु लगायत एनसीसी सल्लाहकार ज्युहरु, कार्यसमितिका पदाधिकारी एवं सदस्य ज्युहरुलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछु।
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार