News Desk
काठमाडौं । विगत तिन वर्ष यता देखि आयोजना भइरहने मिस्टर एंड मिस एसईई यस वर्ष पनि आयोजना हुने भएको छ।
एसईई सकेर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना हुने यस कार्यक्रमले विद्यार्थीहरुलाइ फेसन र मोड्लिङ्गको क्षेत्रमा पँहुच बिस्तार गर्न सहयोग पुग्ने आयोजक संस्थाको दाबी छ । त्यसो त व्यक्तित्व विकास लगायतका प्रशिक्षण समेत दिईने हुँदा बिधार्थीहरुलाई आफ्नो कुनै पनि क्षेत्रमा करियर बनाउन सघाउ मिल्ने र यस कार्यक्रमले एसईई पछिको शिक्षालाइ पनि टेवा पुर्याउने आयोजकको भनाई छ।
यस प्रतियोगितात्मक कार्यक्रममा विधार्थीहरुले विभिन्न विधाका दक्ष व्यक्तिहरुबाट प्रशिक्षण गराइने छ । प्लानेट मल्टिमेडियाले आयोजना गर्ने यस कार्यक्रमको यो तेस्रो संस्करण हो। बिगतका बर्षमा कोरोना महामारीका कारण संचालन हुन नसकेको र यस बर्ष बिगतको कार्यक्रमको भन्दा उत्कृष्ट ढंगबाट कार्यक्रमको तयारी भईरहेको पनि आयोजकले जनाएको छ। एसईईको परिक्षा सकिए लगतै सहभागीको जनाउन चाहने विद्यार्थीहरुको लागि आबेदन खुल्ला गरेको छ।
मिस्टर एण्ड मिस एसईई आईकोन पुर्वाञ्चल नामबाट संचालन हुँदै आएको यो कार्यक्रम यस बर्ष एक नं प्रदेश पुरै समेट्ने हेतुले यस बर्ष ४ छुट्टा छुट्टै शहरमा आयोजना हुने भएको छ। पुर्वान्चल भरिका बिद्यार्थीहरुले यस कार्यक्रमबाट लाभ लिन सकियोस भन्ने उदेश्यले पुर्वान्चल समेटिने गरि कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम हुने मुख्य शहरहरु बिराटनगर मोरंग, सुनसरी इटहरी, झापा दमक र ईलाम रहेका छन।
आयोजकका अनुसार कार्यक्रमको मुख्य विशेषता भनेको यस कार्यक्रममा सहभागीहरु मध्ये क्षमताको आधारमा कम्तिमा टप १० को लागि कक्षा ११ को अध्ययन गर्न छात्रवृतिको व्यवस्था गरिएको छ ।
जेठको अन्तिमसम्म सम्पन्न गर्ने योजनाका साथ् हालको लागि भने सहभागी हुन इच्छुकहरुको लागि अडिसन गर्ने तयारी पनि पुरा भएको र सो को लागि सबै स्थानको लागि अडिसन स्थान र समय पनि तोकिसकिएको छ। अडिसनको लागि तोकिएको समय र स्थानहरु: इटहरीको लागि बिराटनगर रोड स्थित बिग बार ग्रिल क्याफेमा यहि मिति वैशाख २० को ठिक ११ बजे, झापाको लागि गोर्खा डिपार्टमेन्ट स्थित रेड मग पब एण्ड म्युजिक बारमा वैशाख २१ गतेका दिन रहेको छ।