News Desk
तनहुँ । नेपाली काङ्रेसबाट बन्दीपुर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका ध्रुवलाल प्रधानले बन्दिपुर गाउँपालिकालाई सुखी, समृद्ध र भष्ट्राचारमुक्त बनाउने आफनो मुल एजेण्डा रहेको र आफु सबै क्षेत्रमा समानुपातीक ढङ्ले विकासको लहर ल्याउन प्रयत्नशिल रहने बताएका छन् । स्थानिय तहको निर्वाचनमा होमिदै गर्दा तपाईको उम्मेदवारी किन र केका लागि भन्ने हाम्रो प्रश्नको जवाफमा उनले विशेष गरि बन्दीपुरको चौतर्फी विकास गर्न चाहेको बताए । ‘कृषि, यातायात, शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रमा समानुपातीक ढङ्ले विकासको लहर ल्याउनका लागि मैले उम्मेदवारी दिएको हुँ र बन्दिपुर गाउँपालिकालाई सुखी, समृद्ध र भष्ट्राचारमुक्त बनाउने मेरो मुल एजेण्डा हो, यसका लागि म प्रतिबद्ध भएर लाग्छु’ उनले भने ।
त्यसो त बन्दीपुरमा लोकप्रियता हासिल गरेका प्रधान प्रबल दावेदार हुन । उनी यतिबेला स्थानीय तह निर्वाचनका लागि उनी चुनावी मैदानमा खरो उत्रिएका छन् । चुनावी अभियानमा सकृय रहदै मतदाताको घरदैलोमा मत माग्न व्यस्त प्रधानले आफ्नो पक्षमा जनमत रहेको निर्क्यौल निकालेका छन् । ‘म चुनावी अभियानका क्रममा यहाँका टोल बस्ती पुगिरहेको छु, मतदाता आमा, बुवा, दाजु, भाई, दिदी, बहिनी सबैबाट सकारात्मक प्रतिकृया पाईरहेको छु, मेरो जित्ने आधार नै उहाँहरुको माया र विश्वास हो, त्यो मैले हासिल गरेको अनुभुती गरेको छु, त्यसैले चुनाव जितिनेमा म ढुक्क छु’ उनले आफ्नो जित सुनिश्चित भएको संकेत गर्दै भने ‘हामीले प्रतिबद्धता गरे अनुरुप जनताको पक्षमा काम गर्न म चुक्ने छैन् भन्ने विश्वास दिलाउदै आएको छु, उहाँहरुलाई निराश पार्दिन भनेको छु, अधिकांश मतदाता उत्साही देखेको छु, यही नै मेरो जितको आधार हो’ ।
खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, बिजुली, कृषि, पर्यटन आफनो प्राथमिकताको क्षेत्र रहेको उनले दोर्याए । आफु निर्वाचित भएपछि यस बाहेक पनि महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक लक्षित विभिन्न प्रभावकारी कार्यक्रमहरु पस्कने योजना राखेको उनले बताए ।
प्रधानसँग विभिन्न सामाजिक संघसंस्थामा काम गरेको अनुभव समेत छ । विगत देखी नै सामाजिक कार्यमा जोडिएकाले उनी गाउँ बस्तीसँग भलिभाती परिचित नै छन् । त्यसो त नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व सभापति समेत हुन । बन्दीपुर क्याम्पसका पूर्व संचालक समिति अध्यक्ष साथै लायन्स क्लब तनहुँका संस्थापक अध्यक्ष रहेका प्रधान नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला उपसभापति र हाल नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिका विशेष सल्लाहकार पनि हुन ।