वडामा नबस्ने, बडावासीलाई नचिन्ने, पावर लगाएर टिकट ल्याउने र वडावासीको आत्मसम्मानबिचको लडाई भएको छः मदन तिमल्सेना
News Desk
May-07 , 2022 तारिख 03:18 बेलुका

वडामा नबस्ने, बडावासीलाई नचिन्ने, पावर लगाएर टिकट ल्याउने र वडावासीको आत्मसम्मानबिचको लडाई भएको छः मदन तिमल्सेना

स्थानिय निकायको निर्वाचन नजिकिएको बेला देशभर जस्तै व्यास नगरपालिका वडा नं. १० को निर्वाचनको वातावरण गर्माएको छ । निर्वाचनको मैदानमा विभिन्न पार्टीका उमेदवारहरु अग्रगतिमा प्रचार प्रसारमा लाग्नुभएको छ । युवाहरु देश विकासको संवाहक हुनुपर्छ भनेर नेकपा एमालेले  व्यास नगरपालिका १० मा युवा व्यक्ति मदन तिमल्सेनालाई वडा अध्यक्षको उमेदवार बनाएको छ । 
पार्टीमा आवद्ध भएपनि पार्टीभन्दा सामाजिक कामहरुमा रुचि राख्ने साथीभाई तथा युवा पुस्ताको लागि जस्तोसुकै सहयोग पनि गर्न सधै तयार रहने लोकप्रिय युवा मदन तिमल्सेनालाई नकपा एमालेले उमेदवार बनाएपछि युवाहरुबिच आशाको संचार भएको छ  । वडा अध्यक्ष हामी जस्तै युवा बनाउनुपर्छ भन्ने कुरा सुनेर , मदन तिमल्सेनाका प्रतिवद्धता र कुराहरु सुन्दा व्यास १० लाई राम्रो बनाउन सकिन्छ भनेर आशाको संचार भएको धेरै युवाहरुको राय पाईएको छ तिनै व्यास १० का वडा अध्यक्षका उमेदवार मदन तिमल्सेनासँग गरिएको कुराकानीः

प्रश्नः तपाई व्यास नगरपालिका वडा नंं.१० अध्यक्षको उमेदवार बनिरहदा मतदाताहरुसग के का लागि मदन तिमल्सेनालाई भोट दिनुस् भन्नुभएको छ ?
म  साधारण मानिसको छोरा हुँ । यहि वडामा जन्मे, हुर्के, यहि वडामा पढे, यहि वडाका कुना कन्दरामा दौडे । न म अरु उमेदवार साथीहरुजस्तो बिसौं बर्ष वडा बाहिर बसोवास गरेर  वडामा राजनीति गर्ने साथीहरुको राजनीतिक भविष्य चौपट पार्ने गरि पावर लगाएर टिकट ल्याएको मान्छे हुँ ? म त सानैदेखि समाजमा अरु राजनीतिकर्मीहरुले भन्दा केहि फरक काम गर्नुपर्छ भनेर राजनीति गरेको मान्छे हुँ । मलाई यो वडाको गल्ली गल्ली , एक एक घर थाहा छ । एकाध बाहेक धेरै वडावासीहरुलाई म व्यक्तिगत रुपमा चिन्दछु । वडाका समस्या सम्भावनाहरुको बारेमा मात्र होईन प्रत्येक घरधुरीका समस्याका बारेमा पनि मलाई जानकारी छ । मलाई चिन्ने र मलाई नचिन्ने नेपाली कांग्रेस, माओवादी र अन्य पाटीृका र स्वतन्त्र मतदाताहरुले पनि एकपटक सोच्नुहुनेछ नेताको पावर लगाएर टिकट ल्याउने, बिसौ बर्षपछि चुनावमा आउने चिन्दै नचिनेको मान्छेलाई भोट दिने कि यहि वनपाखामा आफुसग खेलेको, यहि लडिबुडि खेलेर हुर्केको मदन तिमल्सेनालाई भोट दिने ? यो स्थानिय निर्वाचन नजाँनिदो किसिमबाट वडामा बसोबास गरेर राजनीति गर्नेहरु आत्मसम्मान पनि जोडिएको छ । नेताको आर्शिवादमा टिकट बोकेर गाउँ छिर्दैमा जो कोहिलाई भोट दिन सकिदैन भन्ने भावनाको विकास भएको कारणले पनि र नेताको पावर लगाएरटिकट लिएर आउनेलाई स्थानिय स्तरबाट बहिस्कार गर्नुपर्छ भन्ने मतदाताहरुको मनमा उव्जेकोले यो पटकको भोट युवा र यहि गाउँमा हुर्कि खेलेको मदन तिमल्सेनालाई जिताउनुपर्छ भन्नुभएको छ भन्ने सुनेको छु त्यसैले पनि उत्साहित धेरै छु । मलाई विश्वास छ, म यो वडामा वडा अध्यक्षको उमेदवार भएपछि मानिसहरुको घरमा कुरा चलेको छ मदन तिमल्सेना उठेको छ स्थानिय निर्वाचन हो त्यसैले चिन्दै नचिनेको मान्छेहरुभन्दा मिलनसार, सुख दुःखमा साथ दिने, जिउँदाको जन्ति मर्दाको मलामी भन्दै यहि ठाउँमा हिडेको मान्छे र प्रष्ट भिजन भएको काम गर्न सक्ने मदन तिमल्सेनालाई भोट त दिनुपर्छ भनेर सल्लाह भइसकेको छ । मुख्यतः मेरो मुख्य प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेदवार अलि चिरपरिचित, वडावासीको सुख दुःखमा हिडेको मान्छे , यहि वडामा बसोवास गर्ने व्यक्ति भएको भए मलाई अलि गाह्रो पर्थ्यो होला तर साथीहरुसग न भिजन छ न भोट माग्नसक्ने धरातल छ , नाममात्र सुव्विनी कसरी उभ्भिनी भन्ने अवस्थामा पुग्नुभएको छ साथीहरु ।।  
हिजो पनि मैले राजनीतिक आस्थाको आधारमा विकास निर्माणमा कसैप्रति भेदभाव गरेको छैन । नेकपा एमालेको सरकार हुदाँ बजेट पार्ने सवालमा पनि मैले कांग्रेसको गढ भनेको स्थानमा पनि बजेट हाल्न पहल गरेको कुरा सबैलाई थाहा छ । मदन जनप्रतिनिधि नहुँदा त वडावासीलाई समान व्यवहार गर्दथ्यो भने झन् वडा अध्यक्ष भएपछि त राम्रो गर्छ भन्ने सबैलाई विश्वास छ त्यसैले मतदाताहरुप्रति विश्वास र भरोशा छ ।

प्रश्नः तपाईसग व्यास १० लाई कस्तो बनाउने भिजन छ  ?
मरुभुमीमा पनि पानी निकाल्न सकिन्छ भने त व्यास १० त धेरै सम्भावनाहरु भएको ठाउँ छ । यहाँका बैरेनी, कुमलटारी, माथिल्लो बोटेटार, बोटेटार, जोगिटार, दुम्सिबजार, दुम्सिचौर, डिहिगाउँ , डिहिकुना, दुम्सिकोट, विपि भन्ज्यागं, खहरे, सेवर, निवुवाटारी, जोगीटार, अंधेरी भन्ज्यांग, भाटेथुम्का, नयाँवस्ति, देउराली, हिमपानी  लगायतका गाउँ, त्यहाँ बसोवास गर्ने मानिसहरुका आफ्नै बिशेषताहरु छन् । कतै पर्यटकिय क्षेत्र बनाउनुछ । कतै सांस्कृति क्षेत्र बनाउनुछ । कतै घरेलु , साना तथा मझौला उद्योग स्थापना गर्नुछ । तरकारी खेति, अन्नवाली खेति, फलफुल खेति गर्न वडावासीलाई प्रविधिमैत्री बनाउनुछ । वडामा पानीको श्रोत भएकोले वडावासीको लगानीमा केहि उद्योगहरु स्थापना गर्न सकिन्छ । यहाँका बाँझो भएका जग्गाहरुमा सामुहिक खेति, फलफुल खेति गर्न प्रोत्साहित गर्ने नीति ल्याउनुछ । सामुदायिक वनहरुमा बिक्री गर्न सकिने तरकारी, फलफुल , बोटबिरुवा रोप्ने संस्कारको विकास गर्नुछ । दुग्घ उत्पादन तथा डेरीहरुको हब बनाउन सकिने भएकोले यहाँ भएका दुग्घ सहकारी तथा दुग्घ कम्पनीहरुलाई प्रमोशन गर्नुछ । गाई, भैसी, कुखुरा बाख्रा पालन लगायत अन्य पशुपालनमा वडालाई आत्मनिर्भर मात्र होईन नमुना वडा बनाउन सक्ने भएकोले त्यसतर्फ राम्रै कार्यक्रमहरु ल्याउनुछ । तपाई लेखेर राख्नुस् म सुनेको भरमा वडामा बसेर योजना बनाउदिन । म विजयी भए भने सबै पार्टीका वरिष्ठ व्यक्तिहरु, स्वतन्त्र वुद्धिजिविहरु सम्मिलित समिति बनाएर समय समयमा बैठक राखेर राय लिदै अगाडि बढ्ने प्रण छ । 

प्रश्नः धेरै जनप्रतिनिधिहरु भोट माग्दा अनेक वाचाहरु गर्ने ५ बर्षसम्म देखिदै नदेखिने गरेको सुनिन्छ नि तपाई त्यस्तै जनप्रतिनिधि हुनुहुन्छ कि ?

म झुटो बोलेर भोट माग्दिन । युवा छु जे बोल्छु साँचो बोल्छु । भोलि बाटो हिड्दा मतदाताहरुले हेर यो केटो भोट माग्दा राम्रो कुरा गर्यो र भोट दिएर जिताएको अहिले त अनुहार देख्नै गारो पर्यो  भन्ने कदापि बनाउन्न । म गर्छु भनेको काम गर्छु । मैले अघि नै भने मलाई लाग्दैन कि म कोहि पनि वडावासीसग अपरिचित छु । कसैले राजनीति गर्ने युवाको रुपमा, कसैले व्यापारीको रुपमा, कसैले सँगै पढेको साथीभाइको रुपमा , कसैले दाइको साथी, कसैले भाइको साथी, कसैले फलानोको छोरा, कसैले फलानाको नातिको रुपमा चिन्नुहुन्छ त्यसैले म कुनै पनि साथीभाई , ईष्टमित्रको शिर झुकाउने गरि काम गर्दिन । काम व्यस्तताले सधै हिड्न नपाए पनि बर्षभरिको सेड्युल बनाएर वडावासीको घरदैलो जान्छु र समस्या सुन्नेछु । म चुनाव जितियो भनेर कुर्सीमा बसेर रमाउने अनि अर्को चुनावमा फेरि लौ है हजुर म त आए है भन्दै वडावासीको घरदैलो जाने जनप्रनितिधि म कदापि बन्दिन ।